बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुजुकीको ७ दिने एक्सचेन्ज अफर

शुक्रबार, २७ फागुन २०७८, २२ : ३९
शुक्रबार, २७ फागुन २०७८

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् ।

अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । नारायणी अटोले १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप