खानपानको परिवर्तनले वजन बढ्नबाट रोक्दैन

अहिले धेरै जसो मानिसहरुको जीवनशैली पहिलेको जस्तै सक्रिय छैन । अत्यन्त कम वा छँदै छैन भन्ने बराबरको व्यायामले मोटोपनको समस्या बढ्दै गइरहेको छ । जसले गर्दा गम्भिर प्रकारका रोगलाई निम्ता दिइरहेको छ ।
वजन कम गर्न विशेषज्ञले खानपान र शारीरिक गतिविधिमा परिवर्तन गर्न सल्लाह दिएका छन् । तर, क्यानेडियन मेडिकल एसोसिएशन जर्नलमा प्रकाशित भएको एक अध्ययनका अनुसार सानो–तिनो परिवर्तनबाट वजन लामो समयसम्म नियन्त्रण गर्न सकिँदैन ।
दुई वर्षसम्म गरिएको अध्ययन अनुसन्धानमा धेरै वजन र मोटोपनबाट पीडित ३२० जना वयस्कलाई समावेश गरिएको थियो । उनीहरुको उमेर २५ देखि ७० वर्षसम्म रहेको थियो । सहभागीको औसत उमेर ५२.६ थियो भने यसमा ७७ प्रतिशत महिला थिए । उनीहरुलाई दुई वर्षसम्म प्रत्येक दिन एक सय किलो क्यालोरी कम गर्न दुई हजार कदम हिड्न सल्लाह दिइएको थियो ।
मोटो मानिसमा सानो परिवर्तनको असर हुन्न
अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक रोबर्ट रोसले धेरै वजन वा मोटा वयस्कमा सानो परिवर्तनको असर लामो समयसम्म नरहने बताएका छन् ।
पहिले शारीरिक क्रियाकलाप र खानपानमा सानो परिवर्तन गर्नाले लामो समयका लागि वजन नियन्त्रण गर्न सकिने वैज्ञानिकले भन्दै आएका थिए । तर यो अध्ययनको नतिजाले केही अन्य नै बताएकाे छ ।
पहिले अनुसन्धानको नतिजा उल्टो
योभन्दा तीन वर्ष पहिले गरिएको एक अध्ययनमा अधिक वजन भएका मानिसमा सानो परिवर्तन गर्नाले लामो समयसम्म वजन नियन्त्रण गर्न सकिने पाइएको थियो । तर हाल आएर यो अनुसन्धान पनि गलत सावित भएके छ । यद्यपि क्यानडाका ६३ प्रतिशत वयस्क धेरै वजन वा मोटोपनसँग जुधिरहेका छन् । उनीहरुको मोटोपन आजीवन बिरामी बन्न सक्ने अध्ययनले देखाएको छ । वैज्ञानिकका अनुसार बढ्दो वजन एक सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल