मोदीले ‘आप’ लाई बधाई दिए, केजरीवालले भने, ‘धन्यवाद सर’
शुक्रबार, २७ फागुन २०७८, १५ : १५
पञ्जाबमा आम आदमी पार्टीको एकतर्फी जीतपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बधाई दिएका छन् ।
नतिजापछि मोदीले ट्वीट गरेका थिए र शुक्रबार आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवालले प्रधानमन्त्री मोदीलाई धन्यवाद भनका छन् ।
मोदीले ‘आप’ लाई ट्याग गर्दै आफ्नो ट्वीटमा लेखेका थिए, ‘म तपाईंलाई पञ्जाब चुनावमा जितका लागि बधाई दिन चाहन्छु । म पञ्जाबको कल्याणका लागि केन्द्रको तर्फबाट हर सम्भव मद्दतको विश्वास दिलाउन चाहन्छु ।’
Thank you sir https://t.co/YuSe9BA52L
— Arvind Kejriwal (@ArvindKejriwal) March 11, 2022
यो ट्वीटलाई रिट्वीट गर्दै अरविन्द केजरीवालले लेखेका छन्, ‘धन्यवाद सर ।’
स्मरण रहोस्, पञ्जाबको ११७ विधानसभा सिटमध्ये आम आदमी पार्टीले ९२ सिटमा जीत हासिल गरेको छ । कांग्रेसले १८ सिट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
-
पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ
-
प्रधानमन्त्री ओली जुम्लामा : स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सुरु
-
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
-
पशुपति धर्मशाला विवादमा जिल्ला अदालतको फैसला : मोहीमा मारवाडीको दाबी पुग्दैन (पूर्णपाठसहित)
-
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु