जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली
शुक्रबार, २७ फागुन २०७८, १४ : ४५
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे । ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने ।
उनीहरुले जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको आरोप पनि लगाए । ओलीले नेपालको राजनीति अहिले दुईतिर विभाजित भएको पनि बताए । त्यो मध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा भएको उनको भनाइ छ । आफूहरु भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सामुद्रिक मार्ग प्रयोग गर्न पाउने जस्ता विषयमा स्पष्ट रहेको बताए ।
अर्को पक्षचाहिँ जाली फटाहाको राजनीतिमा रहेको उनीहरु देश भत्काउन लागिपरेको आरोप ओलीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल