ओलीले भने–रामराज्यमा वाईफाई फ्री थियो र ?
शुक्रबार, २७ फागुन २०७८, १४ : ०५
१
एमाले अध्यक्ष केपी शर्मा ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । राम राज्य आहा थियो भने के त्यहाँ इन्टरनेट थियो र भन्दै तर्क गरे । उनले अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न नहुने बताए ।
बिहीबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने, ‘भ्रम के पाल्नु हुन्न भने सत्य युग भन्ने आहा थियो । राम राज्य आहा थियो । त्यहाँ के थियो ? त्यहाँ इन्टरनेट फ्रि गरिदिएको थियो ?’
उनले पूर्वजहरुले मानवसभ्यताको विकासका लागि धेरै खोज, अध्ययन र चिन्तन मनन गरेको भन्दै त्यसमा भने अहिले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण