अपि पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ८ लाख सेयर जारी गर्ने
शुक्रबार, २७ फागुन २०७८, १२ : ४६
अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । बिहीबार कम्पनीले बोर्ड मार्फत १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो ।
योसँगै कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्न पाउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त समेत समेत गरिसकेको छ ।
कम्पनीले गत असोज २५ गते हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार