शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अपि पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ८ लाख सेयर जारी गर्ने

शुक्रबार, २७ फागुन २०७८, १२ : ४६
शुक्रबार, २७ फागुन २०७८

अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । बिहीबार कम्पनीले बोर्ड मार्फत  १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । 
योसँगै कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्न पाउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त समेत समेत गरिसकेको छ ।
कम्पनीले गत असोज २५ गते हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप