बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीका अध्यक्ष र खेलकुद निर्देशकमाथि यूईएफएले छानबिन गर्दै

शुक्रबार, २७ फागुन २०७८, १२ : ४२
शुक्रबार, २७ फागुन २०७८

पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासेर अल–खेलाफी र खेलकुद निर्देशक लियोनार्डोमाथि यूईएफएले अनुसन्धान सुरु गरेको छ । बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडविरुद्ध हार बेहोरेपछि रेफ्रीसँग विवाद गरेको उनीहरूमाथि आरोप छ ।

बुधबार रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा पीएसजीले २–० को अग्रता गुमाउँदै खेल २–३ को अन्तरले हार बेहोरेको थियो । दुई जनाले खेलपछि डच रेफ्री ड्यानी म्याकिलेसँग विवाद गर्न पुगेको आरोप छ ।

युरोपेली फुटबलको नियामक निकायले यसबारे अनुसन्धान सुरु गरेको बताएको छ । रेफ्री म्याकिलेले आफ्नो रिपोर्टमा अल खेलाफी र लियोनार्डोले ड्रेसिङरुमको ढोका छेकेर विवाद गरेका थिए । यूईएफएले यसलाई ‘खेलाडी र अधिकारीको गलत व्यवहार’ अन्तरगत कारबाही अघि बढाएको जनाएको छ ।

खेलपछि पीएसजीका म्यानेजर माउरिसियो पोचेटिन्होले पनि रियल म्याड्रिडको पहिलो गोलप्रति असन्तुष्टि प्रकट गरेका थिए । रियलका करिम बेन्जेमाले पीएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माको खुट्टाबाट बल खोस्दै गोल गरेका थिए । सो फल भएको पोचेटिन्होको आरोप छ । फ्रेन्च स्ट्राइकरले त्यसपति १७ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप