शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेटमा भारतकी झूलनको कीर्तिमान

शुक्रबार, २७ फागुन २०७८, १२ : ४०
शुक्रबार, २७ फागुन २०७८

भारतीय महिला क्रिकेट टिमकी फस्ट बलर झूलन गोस्वामीले न्युजिल्यान्डविरुद्धको विश्वकप छनोट प्रतियोगितामा कीर्तिमान बनाउन सफल भएको छन् । चक्कादा एक्स्प्रेसको नामले चर्चित यी ३९ वर्षीय खेलाडीले वानडे विश्वकपमा ३९ विकेट लिन सफल भएकी हुन् ।

झूलनले विश्वकपको इतिहासमा सबैभन्दा धेरै विकेट लिने अष्ट्रेलियाको क्रिकेटर लिन फुलस्टनको कीर्तिमानलाई बराबरी गरेकी । फुल्स्टनले सन् १९८२-१९८८ को बीचमा विश्वकपमा खेलेका २० म्याचमा यस्तो उपलब्धि हासिल गरेकी हुन् । झूलानलाई लागि ३९ विकेट लिन ३० म्याच लाग्यो ।

बिहीबार झुलान गोस्वामीले न्युजिल्यान्डका केटी मार्टिनलाई ३९ औं शिकार बनाइन् । उनले अन्तिम ओभरमा यो विकेट पाएकी थिइन् । खेलमा झुलानले ९ ओभर बलिङ गर्दै ४१ रन खर्चेर एक विकेट लिएकी थिइन् ।  

अहिलेसम्म बंगालकी फास्ट बलरले १२ टेस्टमा ४४, १९७ एक दिवसीयमा २४८ र ६८ टी२० मा ५६ विकेट लिएकी छन् । भारतले आगामी शनिबार वेस्ट इन्डिजको सामना गर्दैछ । सो खेलमा झूलनले फुलस्टोनको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ। भारतीय महिला टिमका अनुभवी फास्ट बलर रहेकी झूलन करिब २० वर्षदेखि भारतका लागि क्रिकेट खेलिरहेका छन् । यो झूलनको ५ औँ विश्वकप हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप