सेञ्चुरी बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न
सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंक पूँजी, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए । साथै, उनले सेयरधनी, कर्मचारी, नियमनकारीको रोजाइको बैंक बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसन गर्ने बताए । कार्यक्रममा बैंकका ४८ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले लुम्बिनी आइ इन्स्टिुटलाई आँखा उपचारमा प्रयोग हुने उपकरण खरिदको लागि ४ लाख २ हजार २८० रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, गोविन्द मेमोरियल एकाडेमी दिङ्ला भोजपुरका विद्यार्थीहरूका लागि खानेपानी पाइप खरिदका लागि एक लाख रुपैयाँ हस्तान्तर गरेका छन् ।
त्यस्तै, भोजपुर नगरपालिकामा हुने स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार रुपैयाँ र नेपाल रेडक्रस सोसाइटी कमलामाई सिन्धुलीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता, रक्तदानका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुक्त व्यवस्थित कीर्तिपुर नगरपालिका बनाउने छु : शिवशरण महर्जन
-
नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी