रुस पुनः बलियो रुपमा उदाउनेछ : पुटिन
रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकका लागि पनि घातक हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्को सबै समस्या समाधान गर्न सक्षम रहेको र बलियो रुपमा उदाउने पुटिनको भनाइ छ ।
युक्रेनमा रुसले भन्दै आएको सैन्य अपरेशनको विकल्प नभएको पुटिनको भनाइ छ । उनले रुस अल्पकालिन आर्थिक लाभका लागि आफ्नो सम्प्रभुतासँग सम्झौता गर्ने खालको मुलुक नभएको बताएका छन् ।
‘यी प्रतिबन्धहरु कुनै पनि किसिमबाट लगाउन सकिने थियो,’ पुटिनले बिहीबार भएको रुसी सरकारको बैठकमा भने, ‘केही सवाल, समस्या र कठिनाईहरु छन् । तर विगतमा पनि हामी यस किसिमको अवस्थाबाट बाहिरिन सफल भएका थियौँ । हाल पनि बाहिर आउन सफल हुनेछौँ ।’
उनले अगाडि थपे, ‘अन्त्यमा यी सबैले हाम्रो आत्मनिर्भरता, पर्याप्तता र हाम्रो सम्प्रभुताको वृद्धितर्फ डो-याउँछ । उनको यो भनाइलाई पश्चिमी प्रतिबन्धहरुलाई आत्म पराजितको रुपमा चित्रण गर्न र रुसीलाई आश्वस्त पार्नका आएको विश्लेषण गरिएको छ ।
मस्को एक प्रमुख उर्जा उत्पादक भएको र यसले युरोपको ग्यास आवश्यकताको एक तिहाई आपूर्ति गर्दै आएको पुटिनले बताएका छन् । अमेरिकाले भने रुसी तेलमाथि प्रतिबन्ध लगाइसकेको छ । उसले आफ्नो आवश्यकताको ३ प्रतिशत मात्रै रुसी तेल खरिद गर्दै आएको थियो ।
‘अमेरिकामा पनि मूल्य उच्च भएको छ, मुद्रास्फीति अप्रत्यासित रुपमा वृद्धि भएको छ र कीर्तिमानी उच्च अवस्थामा पुगेको छ । उनीहरुले यसका लागि आफ्नै गल्ती भएको मान्दै आएका छन् । यस विषयसँग हामीलाई केही गर्नु छैन,’ पुटिनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?