लसुन खानुका फाइदाहरू

लसुनलाई औषधीको रूपमा प्रयोग गर्दा काँचो खानु बढी फाइदाजनक हुन्छ । यसलाई अचारमा राखेर वा त्यतिकै खान सकिन्छ । लसुनले रुघाखोकीविरुद्ध लड्न मात्र मद्दत गर्दैन, यसले पुरुषको हर्मोन पनि बढाउँछ ।
लसुनमा एलिकिन भनिने औषधीय तत्त्व पाइन्छ र यो एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्टले भरिएको हुन्छ। यसैगरी, लसुनमा म्याङ्गनीज क्याल्सियम, तामा, सेलेनियम पनि प्रशस्त पाइन्छ । यसमा भिटामिन बी१, बी६ र सी पनि पाइन्छ ।
४ ग्राम अर्थात् एकदेखि दुई वटा केस्रा लसुन मात्र एक दिनमा खानुपर्छ । त्यसैगरी, तरकारीमा ५ देखि ७ वटा मात्र केस्रा हाल्नुपर्छ । धेरै लसुन खानु पनि स्वास्थ्यका लागि राम्रो होइन । यसले नकारात्मक असर पनि पुर्याउन सक्छ ।
जान्नुहोस् लसुन खानुका फाइदाहरूः
–यसले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
– सबै प्रकारका सङ्क्रमणहरू विरुद्ध लड्न यो प्रभावकारी हुन्छ।
– पेटको समस्या पनि हट्छ ।
– यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ।
– शरीर डिटक्सिफाई गर्न मद्दत गर्दछ ।
– पुरुषको शक्ति बढाउँछ र टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढाउँछ ।
– यसले तौल घटाउन पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : अन्तिम १६ पहिलो लेगमा एएस रोमा र लियों विजयी, म्यान्चेस्टर बराबरीमा रोकियो
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल