निर्माण व्यवसायीको नेतृत्वमा पुग्न काँग्रेसको सदस्यता !
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेका छोराले नेपाली काँग्रेसको सदस्यता लिएको खुलेको छ । हाल नेपाल निर्माण व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष रहेका निकोलस पाण्डेलाई नेपाली काँग्रेसको निर्माण समन्वय विभागका प्रमुख वीर बहादुर बलायरले सदस्यता दिएका हुन् ।
पूर्व बनमन्त्री समेत रहेका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् । छोरा निकोलसले निर्माण व्यवसायी महासंघको नेतृत्वमा पुग्नका लागि काँग्रेस र राप्रपा दुवै दलको समर्थन पाउनेगरी काँग्रेसको सदस्यता लिएको निर्माण व्यवसायीहरु बताउँछन् ।
उनले २०७७ साउन ३१ गतेको मितिमा सदस्यता दिएको खुलेको छ । शुक्रबारबाट काठमाडौंका प्रज्ञा भवनमा महासंघको केन्द्रीय अधिवेशन शुरु हुँदैछ । निकोलसले यसपटक महासंघको अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन् ।
स्रोतका अनुसार निकोलसका बाबु तथा राप्रपाका उपाध्यक्ष पाण्डेले छोराको पक्षमा माहोल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पटक पटक भेट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण