आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गीत ‘बादलहरु’को भिडियोमा कुलमानको संघर्षको कथा

शुक्रबार, २७ फागुन २०७८, ११ : ३७
शुक्रबार, २७ फागुन २०७८

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको संघर्ष बारेको कथा म्युजिक भिडियोमा समेटिएको छ । गायक राज के गोस्वामीको स्वर रहेको गीत ‘बादलहरु’को भिडियोमा उक्त विषय समेटिएको हो । 
कुलमान स्वयंको उपस्थितिमा बिहिबार साँझ भिडियो सार्वजनिक भयो । अभिनेत्री सुरक्षा पन्तको शब्द रहेको गीतमा मानव सुवेदीले संगीत भरेका छन् । भिडियोमा गायक गोस्वामी र सुरक्षा पन्तको अभिनय छ ।
कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवालगायतको सहभागिता थियो ।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् । 

कार्यक्रममा अभिनेता राजेश हमालले कला र समाजको बिषयमा धारणा राखेका थिए । कुलमान घिसिङले आफ्नै पेसालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए । उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गरे । गीतको भिडियोमा सुशील सापकोटाले छायांकन र निर्देशक मानव स्वयंको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप