उत्तर प्रदेशको चुनावी नतिजाबारे पहिलो पटक बोले अखिलेश
उत्तर प्रदेशको चुनावी नतिजा आएपछि समाजवादी पार्टी प्रमुख अखिलेश यादवको प्रतिक्रियाको सबैलाई प्रतीक्षा थियो । यसपटक समाजवादी पार्टीले उत्तर प्रदेशमा १११ सिटमा जीत हासिल गरेको छ जबकी भाजपाको खातामा २५५ सिट गएको छ । अलिलेश यादवलाई यसपटक सत्ताको दाबेदार मानिएको थियो । अखिलेश यादवले एक दिनपछि शुक्रबार ट्वीट गरेर नतिजामाथि प्रतिक्रिया दिएका छन् ।
अखिलेशले भने, ‘उत्तर प्रदेशका जनतालाई हाम्रो सिट साढे दुई गुणा र मत प्रतिशत डेढ गुणा बढाइदिएकोमा हार्दिक धन्यवाद ! हामीले देखाइदिएका छौँ कि भाजपाको सिटलाई घटाउन सकिन्छ । भाजपाको यो घट्ने क्रम निरन्तर जारी रहनेछ । आधाभन्दा बढी भ्रम र छल कपट हटेको छ बाँकी केही दिनमा हुनेछ । जनहितको संघर्ष जित्नेछ ।’
उप्र की जनता को हमारी सीटें ढाई गुनी व मत प्रतिशत डेढ़ गुना बढ़ाने के लिए हार्दिक धन्यवाद!
— Akhilesh Yadav (@yadavakhilesh) March 11, 2022
हमने दिखा दिया है कि भाजपा की सीटों को घटाया जा सकता है। भाजपा का ये घटाव निरंतर जारी रहेगा।आधे से ज़्यादा भ्रम और छलावा दूर हो गया है बाकी कुछ दिनों में हो जाएगा।
जनहित का संघर्ष जीतेगा!
भाजपाको भोट सेयर ४१.२९ प्रतिशत छ जबकी समाजवादी पार्टीको ३२.०६ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर