शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखापत्रको महाप्रबन्धक लागि आवेदन माग

शुक्रबार, २७ फागुन २०७८, ०८ : १८
शुक्रबार, २७ फागुन २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। शुक्रबार एक सूचना जारी गरी सात दिन भित्र  ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्ने भनिएको हो ।

त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । पत्रकार आचारसंहिता उल्लङ्घनअन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप