शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग

शुक्रबार, २७ फागुन २०७८, ०८ : ००
शुक्रबार, २७ फागुन २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ। मन्त्रालयले योग्यता, अनुभव र उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त पेश गर्न शुक्रबार सूचना प्रकाशित गरेको हो ।

सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै कम्तिमा पनि स्नातक तह उत्तिर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्दछ। पत्रकार आचारसंहिता उलंघनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

यस्तै मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप