बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

नेपाल–पाकिस्तान टी–२० क्रिकेट : आरएस विध्यथ विजयी

बिहीबार, २६ फागुन २०७८, २३ : १४
बिहीबार, २६ फागुन २०७८

नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विध्यथ क्रिकेट क्लबले प्राप्त गरेको छ । 

पाकिस्तानी राजदूतावासले सातौँ वार्षिक नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा प्रतियोगिताको विजेता आरएस विध्यथ क्रिकेट क्लबलाई प्रदान गरेको हो । ९ दिने क्रिकेट प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उप विजेताको उपाधि नेक्सस क्रिकेट क्लबले पाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले यस वार्षिक कार्यक्रमको आयोजनामा ​​दूतावासले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता खेलकुद कार्यक्रम आयोजना गरेर नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रचुर सम्भावना रहेको औँल्याए । 

पुरस्कार वितरण समारोहमा पाकिस्तानी राजदूतावासका राजदूत सैयद हैदर शाहले नेपाली युवामा यस वार्षिक कार्यक्रमको बढ्दो लोकप्रियताप्रति सन्तुष्टि व्यक्त गरेका छन् । यो प्रतियोगिताले नेपाल र पाकिस्तान बीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको राजदूत शाहले बताए । उनले दुई देशका युवाहरूलाई एक ठाउँमा ल्याउन पाकिस्तान र नेपालबीचको जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत दोहोर्‍याए । 

कार्यक्रममा विशेष अतिथि एचई नेपालका लागि बङ्गलादेशका राजदूत श्री सलाहुद्दिन नोमान चौधरी, नेपालका लागि श्रीलङ्काका राजदूत एचई सुश्री हिमाली अरुणतिलाका र नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष श्री रोशन सिंह लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप