बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ठगीका घटना बढे, सबै सतर्क रहौं : गृह मन्त्रालय

बिहीबार, २६ फागुन २०७८, २२ : ५४
बिहीबार, २६ फागुन २०७८

गृह मन्त्रालयले पछिल्लो समय विभिन्न ठगीका घटनाहरु बढेको भन्दै त्यसबाट सर्तकता अप्नाउन सबैलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले पछिल्लो समय विभिन्न व्यक्ति तथा समूहले विभिन्न अवसर र लाभ उपलब्ध गराउने भनी गैरकानुनी रुपमा ठगी गर्ने गरेको पाइएकोले त्यस्ता खालका क्रियाकलाप गर्ने व्यक्ति वा समूहबाट सर्तक रहन आग्रह गरेको हो ।

मन्त्रालयले रोजगारी वा काममा लगाउने भनी दिइने प्रलोभन, नियुक्ति पदस्थापन र सरुवा वा बढुवा गराउने आश्वासन, जग्गा वा घडेरी उपलव्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोबार गर्न प्रोत्साहन गर्ने लगायतका क्रियाकलाप गर्ने समूह वा व्यक्तिबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप