दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?
बिहीबार, २६ फागुन २०७८, २१ : ५५
आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो । जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ ।
यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि बिदा हुने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । यसअघि क्याबिनेट बैठकले अपरझट यस्ता बिदा दिने गरेकामा सरकारले बिदासम्बन्धी सूचनामै यसबारे समेटेको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको जग्गा हिनामिना प्रकरण : आयोगले थाल्यो अनुसन्धान
-
कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै
-
संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ : कृष्णप्रसाद पौडेल
-
अमेरिकामा एप्पल र गुगलको एपमा फर्कियो टिकटक
-
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित
-
सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो