सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?

बिहीबार, २६ फागुन २०७८, २१ : ५५
बिहीबार, २६ फागुन २०७८

आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।

गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो ।  जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ । 

यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि बिदा हुने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको  चाडमा पनि बिदा दिने निर्णय भएको छ । यसअघि क्याबिनेट बैठकले अपरझट यस्ता बिदा दिने गरेकामा सरकारले बिदासम्बन्धी सूचनामै यसबारे समेटेको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप