मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संखुवासभामा दुर्घटनाप्रति मुख्यमन्त्री राईद्वारा दुःख व्यक्त

बिहीबार, २६ फागुन २०७८, २१ : ५१
बिहीबार, २६ फागुन २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संखुवासभामा १५ जनाको मृत्यु हुने गरी आज भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज साँझ प्रेस वक्तव्य जारी गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको जनाएका छन् ।

‘प्रदेश १ को संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको घटनाले स्तब्ध भएको छु,’ वक्तव्यमा भनिएको छ, ‘उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा गरी जम्मा १५ जनको निधन भएको छ । यस दुःखद घटनामा दिवंगत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप