सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सहिद स्मारक ‘बी’ डिभिजन : बिहीबारका खेल बराबरीमा सकिए

बिहीबार, २६ फागुन २०७८, २१ : ३७
बिहीबार, २६ फागुन २०७८

सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) तथा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले  बराबरी खेलेका छन् ।  

ललितपुरस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा श्री कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले गोल रहित बराबरी खेलेका हुन ।

अघिल्ला दुई खेलमा बराबरी खेलेको कुमारीले बिहीबार स्पष्ट जितका लागि मैदान उत्रिए पनि लक्ष्य पूरा गर्न सकेन । कुमारील चौथो मिनेटमा लिएको अग्रता एक मिनेट नबित्दै आरसिटीले बराबरी गोल फर्काएको थियो । चौथो मिनेटमा कुमारीका सृजन राज गौतमले गोल गर्दै अग्रता दिलाए पनि अर्को मिनेटमा आरसिटीका प्रज्जवल गुरुङले गोल गर्दै खेल बराबरीमा सकिएको थियो । दुबै टोली स्पष्ट अंक जोड्नका लागि प्रतिस्पर्धा गरे पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस बराबरीपछि श्री कुमारीले जारी लिगमा तेस्रो बराबरी खेलेको हो । यता आरसीटीले भने तीन मध्ये एक खेल जित्दा एकमा बराबरी तथा एक खेलमा पराजय भोगेको छ ।  तालिकामा आरसीटीको ४ तथा श्री कुमारको ३ अंक रहेको छ ।

बी डिभिजन लिग अन्तर्गत बिहीबारकै अर्को खेलमा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । टुसाललाई दबाब दिएर खेलेको झम्सीखेलले सेट पिसका धेरै अवसर पाए पनि सदुपयोग गर्न असफल रहेको थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको झम्सीखेलले सुन्दर अवसर सिर्जना गरे पनि सदुपयो गर्न चुक्दा अंक बाँड्न बाध्य भएको हो ।

लिगमा शुक्रबार तीन खेल हुनेछन् । दिनको पहिलो खेल ब्वाइज युनियन क्लब र नयाँ बस्ती युथ क्लब, दोस्रो खेल सरस्वती युथ क्लब र खुमलटार युथ क्लब तथा अन्तिम खेल श्री भगवती क्लब र समाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप