धरानमा सुपर ८ लिग फागुन २८ देखि, विजेताले २ लाख पाउने

धरान उपमहानगरपालिकाको आयोजना सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार धरान भेट्रान फुटबल क्लबले उपमहानगरपालिकामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता यही फागुन २८ गतेदेखि चैत्र १२ गतेसम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । भेट्रान फुटबल क्लबका सचिव सतिश केसीका अनुसार प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ । २२ औं संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगितामा उत्कृष्ट सुपर ८ भित्र पर्ने धरानका वडारुले सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए । उनका अनुसार सुपर ८ लिग फुटबल प्रतियोगितामा वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले भाग लिनेछन् ।
धरान भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानले प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने उनले बताए । यस्तै, प्रतियोगिताको बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट फरवार्ड र बेस्ट प्रशिक्षकले नगद ५÷५ हजार रुपैयाँ दिइने उनले जानकारी दिए । साथै, उनले प्लेयर अफ दी टुर्नामेन्टले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा