न्यायपरिषद बैठक : सर्वोच्चको रिक्त न्यायाधीश पदमा तिलप्रसाद श्रेष्ठको नाम सिफारिस
न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गरेको हो ।
न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीकाअनुसार उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश रहेका तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा सिफारिस गरिएको बताए । त्यसैगरी परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष तथा कानुनमन्त्री, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुन व्यवसायी र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका कानुन व्यवसायी सदस्यका रुपमा रहने गरेका छन् ।
संविधानको धारा १२९ अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । उच्च अदालतको न्यायाधीशको नियुक्ति भने न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण