शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रुसले ग्यास दिन बन्द गर्यो  भने यूरोपमा कस्तो असर पुग्छ ?

बिहीबार, २६ फागुन २०७८, २१ : २१
बिहीबार, २६ फागुन २०७८

अमेरिकाले रुसबाट आयात तेल र ग्यासमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि अब रुसी तेल खरिद गर्न बन्द गर्ने बताएको छ भने युरोपियन युनियनले आयात घटाउने निर्णय गरेको छ । यता तेल व्यापारमा प्रतिबन्ध लगाएमा रुसले यूरोपेली मुलुकहरूलाई ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।

युक्रेनले कठोर प्रतिबन्धको माग उठाएपछि अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतले पनि यस वर्षको अन्त्यसम्ममा रुसी तेल प्रयोग नगर्ने हुने निर्णय गरेको छ । अनि युरोपेली संघले रूसी ग्यास आयातमा दुई तिहाइ कटौती गरिरहेको छ। बेलायत सरकारले यस अवधिमा आपूर्तिका वैकल्पिक स्रोतहरू पत्ता लगाउन पर्याप्त समय पाउने कुरा बताएको छ। रुसका उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले भने रुसी तेलमाथि प्रतिबन्ध लगाउने निर्णयले विश्व बजारमा भयानक प्रभाव पार्ने बताएका छन्।

विश्वव्यापी तेल र ग्यासको मूल्य तीव्र गतिमा बढिरहेको छ । रूसले निर्यातमा प्रतिबन्ध लगाएको खण्डमा यी वस्तुहरूको मूल्यमा झनै तीव्र वृद्धि देखिनेछ । यसले अत्यावश्यक वस्तुहरूको मूल्य विश्वभरि अझ बढ्नेछ।

रुसले कति तेल निर्यात गर्छ ?
रुस विश्वव्यापी रूपमा तेल उत्पादन गर्ने तेस्रो ठूलो उत्पादक हो। रुसअघि अमेरिका र साउदी अरब आउँछ। रुसले दैनिक पाँच लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ । त्यसमध्ये आधाभन्दा बढी तेल युरोप जान्छ । साथै, बेलायतले तेल खपतको ८५ रुसबाट आयात गर्दछ। तथापि, अमेरिका रुसमा त्यति निर्भर छैन । २०२० मा अमेरिकाले आफ्नो कुल तेल खपतको ३५ मात्र रुसबाट आयात गरेको थियो।

तेल आपूर्तिको वैकल्पिक स्रोत छ ?
ऊर्जा नीति अनुसन्धान विश्लेषक बेन म्याकविलियम्सले ग्यासभन्दा तेलका लागि अर्को निर्यातकर्ता खोज्न सजिलो हुने बताएका छन् । ग्यासका लागि धेरै पाइपलाइन नभएकाले यस्तो भएको उनको भनाइ छ ।
रुसबाट केही पाइपलाइनहरू आउँदैछन् । तथापि, अन्य थुप्रै ढुवानीहरू अन्य क्षेत्रहरूबाट आउँछन्। अमेरिकाले साउदी अरेबियालाई पनि केही समययता निरन्तर तेल उत्पादन बढाउन आग्रह गर्दै आएको छ । तर साउदी अरबले अहिलेसम्म तेलको मूल्य घटाउन आफ्नो उत्पादन बढाउन अस्वीकार गरेको छ । साउदी अरब ओपेक देशहरूमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देश हो । ओपेक तेल उत्पादन गर्ने देशहरूको एउटा संगठन हो जसले विश्वभरि बिक्री हुने तेलको ६० प्रतिशत उत्पादन गर्छ।

रुस पनि ओपेक देशहरू मध्ये नै एक होइन । सन् २०१७ देखि यसले ओपेकसँग तेल उत्पादनमा सीमा निर्धारण गर्न काम गर्दै आएको छ ताकि उत्पादकहरूको आय स्थिर रहोस्। अर्कोतर्फ, अमेरिकाले भेनेजुएलामा तेल प्रतिबन्ध कम गर्ने विचार पनि गरिरहेको छ। कुनै बेला भेनेजुएला अमेरिकालाई तेल दिने प्रमुख देशमध्ये एक थियो । तर भेनेजुएलाले हालै आफ्नो अधिकांश तेल चीनमा निर्यात गर्न थालेको छ।

रुसी ग्यास पश्चिमी युरोपसम्म पुग्न बन्द भयो भने ?
युरोपमा घरहरू तताउन प्रयोग हुने ग्यासको मूल्य उच्च भइसकेको छ। तर यदि रूसी ग्यास पश्चिमी युरोपका देशहरूमा पुग्न बन्द भयो भने यसको खर्च अझ बढ्न सक्छ। यूरोपेली संघले आयात गर्ने कूल प्राकृतिक ग्याँसको लगभग ४० प्रतिशत रूसी ग्यास रहेको छ । यदि यी आपूर्तिहरू रोकिएमा इटाली र जर्मनी सबैभन्दा धेरै प्रभावित हुनेछन् । यस्तो अवस्थामा युरोपले कतार, अल्जेरिया र नाइजेरिया जस्ता ग्यास निर्यातकर्तासँग गुहार माग्न सक्छ । तर तुरुन्तै ग्यासको उत्पादन बढाउन थुप्रै अवरोधहरू खडा हुनेछन्।

बेलायतले आफ्नो कुल ग्यास खपतको ५५ मात्र रुसबाट आयात गर्दछ।  अमेरिकाले रुसबाट ग्यास आयात गर्दैन । यसको बावजुद, आपूर्तिको अभावले गर्दा अमेरिका र बेलायतमा मूल्यवृद्धि भइरहेको छ। रूसी ग्यासको विकल्प त्यति सजिलो छैन । अरू कुनै ठाउँबाट ग्यास आपूर्ति प्राप्त गर्न गाह्रो छ किनभने रुसदेखि युरोपसम्म ग्यास ठूला पाइपहरूमार्फत आउँछ । रुसले युरोपमा ग्यास निर्यात गर्न बन्द गऱ्यो भने युरोपले अमेरिकाबाट मगाउन सक्छ । यसले अन्य ऊर्जा स्रोतको प्रयोगलाई पनि बढाउन सक्छ। तर यसका लागि समय लाग्छ र सजिलो छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप