सरकारले ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने
बिहीबार, २६ फागुन २०७८, २० : ५७

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्नेसमेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको मन्त्री खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश
-
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
-
कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
-
ह्वाइट हाउसको प्रतिक्रिया : रुस र अमेरिकाबिच आर्थिक साझेदारी हुनसक्छ
-
विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीमाथि कारबाही
-
‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी