सरकारले ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने
बिहीबार, २६ फागुन २०७८, २० : ५७
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्नेसमेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको मन्त्री खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण