
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।
थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। सुर्खेत निवासी उनी नेपाल विद्युत प्राधिकरणका सञ्चालक समेत भएका थिए ।
उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र समेत हुन् । यसअघि संस्थापन इतर समूहको बाहुल्यता रहेको सिडेनमा देउवा निकट समूह खडा गरेर थानी अध्यक्ष निर्वाचित हुन सफल भएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ