बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल पसल चलाउने लाभ सिंह जसले पञ्जाबका मुख्यमन्त्रीलाई हराए

बिहीबार, २६ फागुन २०७८, २० : ४७
बिहीबार, २६ फागुन २०७८

पुराना र परम्परागत पार्टीहरूलाई पछि पार्दै आम आदमी पार्टी पन्जाबको सत्तामा आउँदैछ । यो चुनावी परिणाम कुनै राजनीतिक सुनामीको तुलनामा कम छैन ।  प्रकाशसिंह बादल, कप्तान अमरिन्दर सिंह, चारणजीत सिंह चन्नी र नवजोत सिंह सिद्धुजस्ता दिग्गज चुनावी मैदानमा पराजित भएका छन् ।

अझ चाखलाग्दो कुरा के छ भने पञ्जाबका ठूला नेताहरूलाई पराजित गर्ने आम आदमी पार्टीका उम्मेदवारहरू नयाँ अनुहार हुन् । यसमध्ये भदौर सीटबाट पञ्जाबका मुख्यमन्त्री चारणजीत सिंह चन्नीलाई पराजित गरेका आम आदमी पार्टीका लभ सिंह उगोकेको विशेष चर्चा भइरहेको छ।

लाभ सिंह उगोकेको उमेर मात्र ३५ वर्ष हो। उनी भदौर क्षेत्रमा पर्ने उगोके गाउँ निवासी हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी मोबाइल फोन पसल चलाउँथे । उनका बुबा ड्राइभर हुन् भने आमा गाउँको एउटा स्कुलमा सफाइ कर्मचारीको रूपमा काम गर्छिन् । उगोके सन् २०१३ मा आम आदमी पार्टीमा सामेल भएका थिए ।

सन् २०१७ मा उनले एएपी उम्मेदवार पिरमलसिंह खाल्साको चुनावी अभियानमा भदौरबाट सक्रिय सहभागिता जनाएका थिए । पिरमलसिंह खाल्सा पहिलो पटक खैरा गुटमा पुगेर पछि काँग्रेसमा प्रवेश गरेका थिए । यसपटक आम आदमी पार्टीले उगोकेलाई टिकट दियो । उनले चारणजीत सिंह चन्नीलाई ठूलो मतान्तरले पराजित गर्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप