शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आवास विकास संघको १५औं साधारणसभा : महासंघ गठन गर्ने प्रस्ताव पारित

बिहीबार, २६ फागुन २०७८, २० : ०१
बिहीबार, २६ फागुन २०७८

नेपाल जग्गा तथा आवास विकास संघको १५औं साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष इच्छाबहादुर वाग्लेको सभापतित्वमा संघले काठमाडौंमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

साधारणसभा उद्घाटन गर्दै अध्यक्ष वाग्लेले संघका सदस्यहरूले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रूप दिई ऐनको रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने, संघले काठमाडौं उपत्यकाबाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपालभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रूपमा महासंघ गठन गर्नुपर्ने बताए । 

यी कार्यहरूका लागि सम्बन्धित सरकारी निकायहरूसँग निरन्तर रूपमा सम्वाद तथा अन्तरक्रिया गर्नुपर्ने पनि अध्यक्ष वाग्लेले बताए । उनले सदस्यहरूबीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवम्‌ मैत्रीभाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

साधारणसभामा संघका उपाध्यक्षत्रय विदुर धमला, दीपक कुँवर एवम्‌ भेषराज लोहनी,निवर्तमान अध्यक्ष मीनमानश्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमाआ–आफ्नो धारणा राखेका थिए ।

सभाले महासचिव पुरुषोत्तम पौडेलद्वारा पेश गरिएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको संघले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप