स्व. केडियाका परिवारप्रति प्रधानमन्त्री देउवाको समवेदना
बिहीबार, २६ फागुन २०७८, १९ : ५०
केडिया अर्गनाइजेशनका अध्यक्ष स्व.हिरालाल केडियाका परिवारप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समवेदना प्रकट गरेका छन्‌ । प्रधानमन्त्री देउवा केडिया निवासमा पुगी स्व.केडियाको तस्वीरमा पुष्पाञ्जलि अर्पण गर्नुका साथै स्व. केडियाकी पत्नी परमेश्वरी देवी तथा उनका छोराहरूसमेत समस्त केडिया परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्‌ ।
प्रधानमन्त्रीका साथ संघीय खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मधेश प्रदेशका ऊर्जा विकास तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री रमेश रिजाल, पूर्वमन्त्री सन्जय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी समेतले समवेदना प्रकट गरेका थिए ।
केडियाको निधन फागुन २४ गते भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू