बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटलबीच समझदारी

बिहीबार, २६ फागुन २०७८, १९ : २२
बिहीबार, २६ फागुन २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले दाबी गरेको छ ।

बैंकले हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था पनि गरेको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल सुविधा पनि उपलब्ध गराएको छ । सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्ने र मुद्दती खाता खोल्न आवेदनसमेत दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जानकारी दिएको हो ।

सिटिजन्स बैंकले हालसम्म देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप