बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थ बैंकद्वारा राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँ सहयोग

बिहीबार, २६ फागुन २०७८, १९ : १३
बिहीबार, २६ फागुन २०७८

सिद्घार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी हस्तान्तरण गरेका हुन्‌।

​बैंकबाट प्राप्त उक्त रकम शहीदगंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरू थप्न उपयोग गर्ने जनाएको छ। उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरूलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप