शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल र कामना बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

बिहीबार, २६ फागुन २०७८, १९ : ०४
बिहीबार, २६ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले हस्ताक्षर गरेका हुन्‌ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङजस्ता सुविधाहरू उपलब्ध गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप