मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

बिहीबार, २६ फागुन २०७८, १८ : ५५
बिहीबार, २६ फागुन २०७८

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै समेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।  

श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए ।  यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे । नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए  ।  रोहित पौडेलले  सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन,  करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे । यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप