शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका दश जिल्लामा पानीको परीक्षण गरिँदै

बिहीबार, २६ फागुन २०७८, १८ : ४९
बिहीबार, २६ फागुन २०७८

कर्णालीका सबै गाउँमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ । १० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित १० जिल्लामा पठाएको हाे ।

विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । तालिममा सिकेको सिप अधिकतम रूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एक वटा पानीको शुद्धता मापन मेसिन पनि पठाइएको छ । प्रत्येक मेसिनलाई २ लाख ९० हजारमा खरिद गरी १० वटा जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताए ।

कर्णालीका सबै पालिकामा माग भए अनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको मन्त्रालय सचिव डाक्टर जगदीश कर्माचार्यले बताए । फोहर पानी पिउँदा धेरैलाई पानी जन्य रोग देखा परेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप