शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

अब्रामोविचको सम्पत्ति रोक्का, चेल्सीले टिकट बेच्न नपाउने

बिहीबार, २६ फागुन २०७८, १८ : ४५
बिहीबार, २६ फागुन २०७८

रुसी व्यवसायी रोमन अब्रामोभिचको सम्पत्ति बेलायतले फ्रिज गरेपछि चेल्सीले अब सिजन कार्डहरू नभएका प्रशंसकहरूलाई टिकटहरू बेच्न नपाउने भएको छ । साथै ट्रान्सफर विन्डोमा खेलाडीहरू अनुबन्ध गर्न पनि असमर्थ हुनेछ। 

व्यापारिक सामानको बिक्रीमा रोक लगाएपछि प्रिमियर लिगको क्लबलाई आफ्नो क्लबको पसल पनि बन्द गर्न बाध्य पारिएको छ । क्लबले हाल कुनै पनि खेलाडीलाई नयाँ करार सम्झौतामा बाँध्न पाउने छैन । यसले एन्टोनियो रुडिगर, एन्ड्रियास क्रिस्टेनसेन र सेजर एजपिलिक्युटालाई क्लब छाड्ने दिशातर्फ धकेलेको छ ।

अब्रामोविचको सम्पत्ति रोक्का गरिएपछि उनलाई बेलायतमा कुनै पनि पुँजी निर्माण गर्नबाट रोक लगाइएको छ। यसको अर्थ सिजन कार्ड बिना कुनै पनि प्रशंसकले क्लबको आगामी खेलको लागि सामान्य प्रवेश टिकट किन्न सक्नेछैनन् ।

चेल्सीले बिहीबार क्यारो रोडमा रेलिगेसनको खतरामा रहेको नर्विचको सामना गर्ने छ भने उनीहरूको अर्को खेल आइतवार न्यूकासलसँग हुनेछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप