८० दलबारे निर्णयको तयारी
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले ती दलबारे आजै निर्णय गर्ने तयारी गरेको छ।
यस्तै आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७८ अन्तर्गतका कार्यक्रमहरु संचालन भै रहेको जनाएको छ । यसैगरी चुनावका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीहरुको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्रहरू मध्ये सबैभन्दा न्यूनतम मूल्याङ्कन भएको बोलपत्रहरू स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडी बढेको पनि आयोगले जनाएको छ ।
यस्तै स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र यी नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण