राउल र स्टेफानोलाई उछिने बेन्जेमाले

करिम बेन्जेमाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन विरुद्ध ह्याट्रिक गर्दै रियल म्याड्रिडमा उत्कृष्टतातर्फ अर्को कदम चालेका छन् । तीन गोलसँगै क्लबका लागि उनको कूल गोल सङ्ख्या ३०९ पुगेको छ । उनले अल्फ्रेडो डी स्टेफानोको ३०८ गोलको रेकर्डलाई पछि पारेका छन् ।
३०९ गोलले बेन्जेमालाई क्लबले सधैं सम्झिरहने कुरा सुनिश्चित गरेको छ । उनले सेप्टेम्बर २०, २००९ मा जेरेजको विरुद्ध रियलका लागि पहिलो गोल गरेका थिए । त्यतिबेला रुड भान निस्टेलरोयले गोलको अवसर सिर्जना गरेका थिए ।
पीएसजीविरुद्धको उनको तेस्रो गोलले राउल गोन्जालेजको च्याम्पियन्स लिगमा ६६ गोलको रेकर्डलाई पनि उछिन्न सफल भएका छन् । प्रतियोगितामा उनले पहिलो पटक २००४/०५ मा गोल गरेका थिए थिए। ती मध्ये आठ यस सिजनमा आएका छन् । यो प्रतियोगितामा उनले एकै सिजन उनले यति धेरै गोल गरेको पहिलो अवसर हो । सन् २०११/१२ मा उनले ७ गोल गरेका थिए ।
बेन्जेमाले यो अवधिमा ३० गोल गरेका छन्, जुन गत सिजनको तुलनामा एक कम र उनको उत्कृष्ट अभियानमा मात्र दुई कम । सन् २०११/१२ मा उनले जोसे मोरिन्होको नेतृत्वमा ३२ गोल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ
-
उदयपुर सिमेन्ट उद्योगका विषयमा समितिमा छलफल
-
मौरीले टोकेर एक जनाको मृत्यु