भाजपाको जीतले विपक्षीका लागि २०२४ को यात्रा झनै कठिन भयो : योगेन्द्र यादव

पाँच वटा राज्यमा भएको विधानसभा निर्वाचनको परिणामको तस्बिर स्पष्ट भएको छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा अगाडि छ भने पञ्जाबमा आम आदमी पार्टीले शानदार जित हात पार्न लागेको छ । यसैबीच, राजनीतिक कार्यकर्ता तथा एक पटक आम आदमी पार्टीसँग आबद्ध योगेन्द्र यादवले परिणाम निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताएका छन्।
किसान आन्दोलनमा मुखर रहेका योगेन्द्र यादव भन्छन्, 'यो परिणाम भारतको आत्मा बचाउनको लागि गरिएको संघर्षमाथि ठुलो झट्का हो ।' एक समाचार च्यानलसँग कुरा गर्दै योगेन्द्र यादवले जुन राज्यमा कोरोनाका कारण सयौँको मृत्यु भयो, गंगामा बगिरहेका शवहरू अगाडि आए, बेरोजगारी र मूल्यवृद्धिको मुद्दा छ, त्यहाँ सत्तारुढ दलले फेरि जित्नुको पछाडि तीन ठुला कारणहरू छन् ।
उनले थपे, 'यो विजयमा तपाईं भन्न सक्नुहुन्छ कि भाजपाले या त केही लुकेका चमत्कारहरू गरेको छ वा तन्त्रमन्त्र गरेको छ वा विपक्षी पूर्ण रूपमा असफल भएको छ।' यादवले यी तीन कुरालाई थप व्याख्या गरेका छन् । उनका अनुसार भाजपाले चमत्कारका नाममा सबैलाई रासन दिएको छ, सञ्चार माध्यममार्फत भाजपाले जनताको मन कब्जा गरेको छ र विपक्षीको कमजोरी यसबाट प्रष्ट हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित
-
कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
-
अछाममा दृष्टिविहीन १६ वर्षीया किशोरीमाथि जबर्जस्तीकरणी, गर्भवती अवस्थामा फेला