सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने नेकपा समाजवादीको निर्णय

बिहीबार, २६ फागुन २०७८, १९ : ०३
बिहीबार, २६ फागुन २०७८

विभिन्न समसामायिक निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी कार्ययोजना पारित गरेको छ । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ । 

त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो ।  बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप