झापामा एक महिला मृत फेला
बिहीबार, २६ फागुन २०७८, १७ : ३९

झापामा एक महिला मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्याल झापाका अनुसार बुधबार घाँस काट्न जाने क्रममा झापाको मेची नगरपालिका ५ की ६८ वर्षीया अम्बिका कुँवर मृत अवस्थामा भेटिएकी हुन् ।
श्रीमती मृत अवस्थामा भेटेपछि उनका श्रीमान जगत कुँवरले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी गराए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनमा १०० करोड क्लबमा पनि पुगेन सलमानको सिकन्दर
-
आठ गोलको थ्रिलरसँगै रियल फाइनलमा
-
लुटपाटमा संलग्नको प्रतिकार गर्ने सुरक्षा गार्डलाई भाटभटेनीले दियो ५ लाख पुरस्कार (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च (तस्बिरहरू)
-
लयमा विराट र साई, बेंगलुरुको विजययात्रामा गुराजतले लगाउला त लगाम ?
-
४० नृत्यकारले एकसाता सिके नृत्यकला