शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हारपछि कांग्रेसले सोध्यो, ‘हिन्दु–मुसलमान चल्नेछ वा रचनात्मक राजनीति ?’

बिहीबार, २६ फागुन २०७८, १७ : १९
बिहीबार, २६ फागुन २०७८

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा, पञ्जाब र मणिपुर विधानसभा चुनाव पार्टीको हारपछि कांग्रस पार्टीका प्रवक्ता रणदीप सिंह सुरजेवालाले गम्भीरतापूर्वक आत्ममन्थन गर्ने बेला आएको बताएका छन् ।

सुरजेवालाले भने, ‘यो पाँच राज्यको कुरा मात्रै होइन । सन् २०२४ को लोकसभा चुनावका लागि धरातल र अत्यधिक मिहिनेत गर्न आवश्यक छ । चुनाव अन्य कुरासँग जोडिनु हुँदैन ।’

सुरजेवालाका अनुसार कांग्रेसका कार्यकर्तादेखि ठूला नेतासम्मले आत्मविश्लेषण गर्नुपर्ने बेला भएको छ । उनले कांग्रेस कार्यसमितिको बैठक बोलाइने बताएका छन् ।

रणदीप सुरजेवालाले भने, ‘के यो देशमा जातीय विभाजन, हिन्दु मुसलमान चल्नेछ वा रचनात्मक राजनीति चल्नेछ ? हामीले रचनात्मक राजनीतिको कोसिस गर्यौँ तर सफलता पाउन सकेनौँ । कांग्रेस पार्टीले यी मुद्दामा सधैँ काम गर्नेछ ।’

सुरजेवालाले भने, ‘पञ्जाबमा चरणनीत स्रिह चन्नीजीको रुपमा एक स्वच्छ र सौम्य नेतृत्व दिने कोसिस गरिएको थियो तर क्याप्टेन अमरिन्दर सिंहको साढे चार वर्षको सत्ता विरोधी लहर भारी पर्यो । उत्तर प्रदेशमा हामी पार्टीलाई जमिनमा जिउँदो बनाइरहेका छौँ । हामीले चुनावलाई धार्मिक मुद्दाबाट हटाएर आधारभूत मुद्दाको आधारमा चुनाव लड्ने कोसिस गर्यौँ । तर भावनात्मक मुद्दा यी मुद्दामा कतै न कतै हावी भएका छन् ।’

सुरजेवालाले भने, ‘हामी संगठनमाथि काम गर्नेछौँ । सोनिया गान्धीले चाँडै नै कांग्रेस कार्यसमितिको बैठक बोलाउनेछिन् । हामीले चुनाव हारौँला तर हिम्मत हार्नेछैनौँ । हामी नयाँ रणनीतिसहित फर्किनेछौँ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप