सार्वजनिक खरिद नियमावली मन्त्रिपरिषदमा, अब एक ठेकेदारलाई बढीमा पाँच ठेक्का

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक खरिद नियमावलीलाई ११ औं पटक संशोधन गर्ने भएको छ । आज बसिरहेको मन्त्रीपरिषद्ले नियमावलीलाई ११ औं पटक संशोधन गर्न लागेको हो ।
यसअघि, अर्थमन्त्रालयले सार्वजनिक खरिद नियमावलीमा श्रम सहकारी घुसाएपछि को ११ औं पटक संशोधन हुन सकेको थिएन । यद्यपि, आज बसिरहेको मन्त्रिपरिषद्को बैठकले ११ औं संशोधन पारित गर्ने स्रोतले बताएको छ ।
अर्थमन्त्री शर्माले नै व्यवसायीहरूलाई फोन गरेर तपाइँहरुको माग आजको मन्त्रीपरिषद्को बैठकले सम्बोधन गर्ने जानकारी गराइसकेका छन् । नियमावलीको ११ औं संशोधन भएपछि एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था छ ।
एउटा कम्पनीले एक पटकमा ५ भन्दा बढी ठेक्का लिन नपाउँदा निर्माण क्षेत्रले गति लिने व्यवसायीहरूको अपेक्षा छ । ‘अब ठूला ठेकेदारले साना–साना ठेक्कापट्टामा आँखा लगाउन पाउँदैनन् । जसले गर्दा निर्माण साइट होल्ड भएर बस्ने तर काम नहुने प्रवृत्ति अन्त्य हुन्छ’, एक व्यवसायीले भने ।
हालसम्म एउटा निर्माण कम्पनीले सयौं ठेक्का ओगट्दै आएका छन् । तर, त्यसरी ओगटिएका ठेक्कापट्टा अगाडि नबढ्ने र निर्माण काम प्रभावित बन्दै आएको स्थिति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल