अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड सञ्चालनमा
![अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड सञ्चालनमा](https://rpcdn.ratopati.com/media/albums/dumre_sadak_ZbnvVl1Hys.jpg)
पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दैछ । विगत दुई दिनदेखि अवरुद्ध सो सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो ।
लमजुङस्थित मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडकखण्ड अवरुद्ध गरेका थिए । लमजुङतर्फ जारी निषेधाज्ञाका कारण यस खण्डमा ठप्प रहेको यातयात सेवा आज बिहानबाट सञ्चालन आएको हो ।
राति ९ बजेदेखि नै निषेधाज्ञा हटेपनि सवारी साधन भने आज बिहानबाट मात्र सञ्चालनमा आएको बताइएको छ । तनावग्रस्त परिस्थितिलाई सामान्य बनाउने, कानुन अनुसार अघि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने लगायतका विषयमा पीडितपक्षसँग सहमति भएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा बुधबार बिहान ६ बजेदेखि जारी निषेधाज्ञा साँझ ९ बजे हटाएसँगै आज बिहानदेखि सवारी सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ तनहुँको सिमाना पाउँदी बजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि मृतकका आफन्त तथा पक्षधरहरुले विभिन्न माग राख्दै उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका थिए । जिल्लाको सुन्दरबजार नगरपालिका–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलबार पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत तनहुँ भानु नगरपालिका– ९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो ।
छात्रवासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिइ छात्रवास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नगरी शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने माग गर्दै स्थानीयवासीको विरोध प्रदर्शनका कारण सो सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मृतक विद्यार्थीसँगै गएका शिक्षक सरोज ओलिया र सविन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुक्ष्म तरिकाले अनुसन्धान हुने, प्रहरीमा लिखित जाहेरी दिने, शवको परीक्षण गर्नेलगायत पीडित पक्षसँग सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लमजुङमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा