शेन वार्नको शव अस्ट्रेलिया लगियो : मेलबर्न क्रिकेट ग्राउन्डमा अन्तिम संस्कार
अस्ट्रेलियाका दिग्गज स्पिनर शेन वार्नको शव अस्ट्रेलिया पठाइएको छ । वार्नको ५२ वर्षको उमेरमा थाइल्यान्डको एक रिसोर्टमा गत साता मृत्यु भएको थियो । थाइल्यान्डका एयरपोर्ट अधिकारीका अनुसार उनको शरीर नेपाली समय अनुसार आज बिहान ७ बजेर ९ मिनेटमा अस्ट्रेलिया पठाइएको हो । उनको मृत्यु कालगतिले नै भएको बताइएको छ ।
शुक्रबार थाइल्यान्डको द्वीप कोह समुईमा निधन भएपछि वार्नको पार्थिव शरीरलाई आइतबार सूरत थानी लगिएको थियो । सूरत थानीबाट आइतबार उनको पार्थिव शरीर राजधानी बैंकक पु¥याइएको र त्यहाँबाट अस्ट्रेलिया पठाइएको हो ।
मेलबर्नमा हुनेछ अन्तिम संस्कार, १ लाख मानिस समावेश हुने
वार्नलाई मेलबर्न क्रिकेट मैदानमा अन्तिम बिदाई गरिने छ । यो बिदाईमा १ लाख मानिस समावेश हुने अपेक्षा गरिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि यो कार्यंक्रममा सहभागी हुने छन् । वार्नका परिवारले सुरुमा आफूहरुले निजी रुपमा अन्तिम संस्कार गर्ने बताएका छन् ।
वार्नका मेनेजर डेनिएल एन्ड्रयूजले बुधबार ट्वीट गरेका छन्, ‘वार्नलाई बिदाइ गर्न मेलबर्न क्रिकेट ग्राउन्ड जत्तिको उत्तम ठाउँ कुनै पनि हुने छैन ।’ यहाँ नै उनले १९९४ मा एसेज ह्याट्रिक बनाएका थिए र २००६ मा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय सिरिजको बक्सिङ डे टेस्टको अवधिमा ७०० औं टेस्ट विकेट हासिल गरेका थिए । वार्नको जन्म मेलबर्नमै भएको थियो भने उनी त्यहीँ हुर्के बढेका थिए ।
सर्वाधिक बढी विकेट लिने लेग स्पिनर हुन् वार्न
शेन वार्न टेस्ट क्रिकेटमा ६०० औ र ७०० औं विकेटको माइलस्टोनसम्म पुुग्ने विश्वकै पहिलो बलर भएका थिए । उनले बेलायतविरुद्ध २००५ मा ओल्ड ट्रेफर्ड टेस्टमा ६०० विकेट पुुरा गरेका थिए । २००६ मा बेलायत विरुद्धमा मेलबर्नमा वार्नले ७०० विकेटको आँकडा पनि पार गरेका थिए । पछि श्रीलंकाका मुुथैया मुरलीधरनले उनको रेकर्डं तोडेका थिए । मुरलीधरनले ८०० विकेट लिएका छन् । वार्न आज पनि सर्वाधिक धेरै विकेट लिने लेग स्पिनर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान