प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेका छन् : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताएका छन् । जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताए ।
अध्यक्ष नेपालले विशिष्ट परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको भन्दै केपी शर्मा ओलीको प्रतिगामी कदमका कारण संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताको अधिकार रक्षाका खातिर आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।
‘हाम्रो फोकस जोसँग लडाई छ, त्यहाँ केन्द्रीत भएर लाग्नुपर्छ । प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै छ’, अध्यक्ष नेपालको भनाइ छ । त्यसक्रममा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन समेत दिएका छन् ।
‘कमीकमजोरी छन् भने सच्याउनुस्’ , आपसमा विश्वासको वातावरण बनाउनुस्, नयाँ उर्जाका साथ अगाडि बढ्नुस्’, अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा इमान्दार, निष्ठा र देश प्रतिको समर्पण हामीमा जस्तो अरु पार्टीमा छ, छैन त्यो मूल्याङ्कन हुँदै जानेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा