फुटबल प्रशिक्षणका लागि सिप्रदीको छात्रवृत्ति
बिहीबार, २६ फागुन २०७८, १५ : ३९
सिप्रदी सहायता संस्थाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौं किकर्ससँगको सहकार्यमा फुटबलमा योग्य, दक्ष तर आर्थिक रुपमा विपन्नलाई परीक्षणको लागि छात्रवृत्ति दिन लागिएको संस्थाले जनाएको छ । फुटबल तालिममा १२ र १३ वर्षका केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन् ।
त्यस्तै, तालिमको छनौट कार्यक्रम फागुन २८ गते कुपन स्पोर्ट्स सेन्टरमा काठमाडौंमा हुँदैछ । हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लिमेनसनले प्रशिक्षण दिइरहेका छन् । सिप्रदी गैरसरकारी तथा गैरराजनैतिक सामाजिक संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी