सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

बिहीबार, २६ फागुन २०७८, १५ : २३
बिहीबार, २६ फागुन २०७८

उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।

अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।

बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अनुसार हालसम्मको रुझानमा भोटको अन्तर निकै कम छ र यसलाई नतिजाको रुपमा हेरिनु हुँदैन । कांग्रेस पार्टीको भोट सेयर पनि कम छ । कांग्रेसले अहिलेसम्म २.४१ प्रतिशत भोट पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप