शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र उत्थान लघुवित्तको २६ लाख कित्ता नेप्सेमा सूचीकृत

बिहीबार, २६ फागुन २०७८, १५ : २३
बिहीबार, २६ फागुन २०७८

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ‘आरयूएलबी’ कारोबार संकेत दिएको छ । यस्तै, कम्पनीको सेयरले सुरुवाती कारोबार मूल्य न्यूनतम १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ पाएको छ । यसको अर्थ, कम्पनीको पहिलो कारोबार यही न्यूनतम र अधिकतम मूल्यसूची भित्र रहेर आइतबारदेखि कारोबार हुने छ ।

१७ लाख ५० हजार कित्ता संस्थापक र ८ लाख ५० हजार कित्ता सर्वसाधारणको सेयर गरी कुल २६ लाख कित्ता सूचीकृत भएको हो । कम्पनीले फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री खुलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप